
धादिङ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुष तर्फको जारी प्रथम वागमती प्रदेश स्तरीय क्रिकेट खेलमा धादिङ, काभ्रे, चितवनर मकवानपुर सेमीफाइनल प्रवेश गरेको छन् ।
शनिबारभएको पहिलो खेलमा टस जितेर ब्याटिङ राजेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाउदैं १८१ रन बनाएको थियो । धादिङले रनको लक्ष्य पुग्न १९ ओभरमा ६ विकेट गुमाउदैं १८३ रन बनाइ सेमीफाइनल यात्रा तय गरेको थियो । आईतबार सेमीफाइनलमा धादिङले काभ्रेसँग खेल्नेछ ।
त्यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले १० विकेट गुमाउदैं १९.५ ओभरमा २१७ रन बनाएको थियो । नुवाकोटले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनाएको थियो । चितवन १०४ रनले विजयी भएको छ । विजयी सँगै आज मकवानपुरसँग सेमीफाइनल खेल खेल्ने खेल छ ।
क्वाटरफाईनलमा काठमाडौंको १ सय ८२ रनको बलियो लक्ष्य धादिङले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । धादिङको जितमा युवा ब्याटर अमृत थापाले ५२ बलमा १३ चौका र २ छक्कासहित ८३ रनको विजयी इनिङ खेले । ओपनर कौशल रुपाखेती १७, अनुभवी खेलाडी उज्वल थापा २९, स्वपनील अधिकारी १२, आरम्भ तिमिल्सिना १३ र कप्तान श्याम त्रिपाठ्ठीले ४ रन बनाए ।
काठमाडौंका राजन जि.सी. ले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । आरियो पौाडेलले २ र सुमनले १ विकेट लिए । पहिलो खेलमा धादिङले रसुवालाई ९ विकेटले हराएको थियो । धादिङले आइतबार फाइनल प्रवेशका लागि काभ्रेसँग खेल्नेछ । प्रतियोगितामा बागमती प्रदेशका १२ जिल्लाको सहभागीता छ । फाइनल सोमबार हुनेछ ।
