
धादिङ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबल धादिङ र मकवानपुर विजयी भएका छन् । हेटौंडाको क्याम्पा रंगशालामा बुधबारको खेलमा धादिङ र काभ्रेबीच भएको थियो ।
समुहमा बाई पाउँदै एक खेल अगाडी बढेको धादिङले काभ्रेलाई १–० गोलअन्तरले हराउँदा धादिङ सेसमफाईनल पुेको हो । खेलको २४ औं मिनेटमा जाउलाखेलबाट ए डीभीजन सुरु गर्दै सुपर लिगका लागि हाल झापामा अनुबन्धित विपिन कंडेलले धादिङका लागि निर्णायक गोल गरेका थिए । धादिङले चैत ४ गते दिउँसो १ बजे आज हुने ललितपुर र रामेछाप क्वाटरफाइनल खेलको विजेता सँग खेल्ने छ ।
त्यस्तै, घरेलु मैदानमा सिन्धुलीलाई हराउदैं मकवानपुर सेमीफाइनल प्रवेश गरेको छ । आजै भएको क्वाटरफाइनल खेलमा १८ मिनेटमा ललित चौलागाईले पहिलो गोल गरेका थिए । पहिला हाफमा ४७ मिनेटमा सुनिल घलानले मकवानपुरका लागि दोस्रो गोल थपेका थिए । मकवानपुरका लागि दोस्रो हाफको ७४ मिनेटमा समिरराज थोकरले एक गोल थप गर्दै ३–० गोल अन्तरले मकवानपुर विजयी भएको हो ।
विहीबार दुई खेल हुनेछन् । पहिलो क्वाटरफाइनल खेल ललितपुर र रामेछापबीच हुनेछ भने दोस्रो खेल दोलखा र भक्तपुरबीच हुने छ ।
