लोसपा धादिङ, राप्रपा नेपालमा समाहित

Avatar photo
Dhadingpost
फाल्गुन २८, २०७८

धादिङ । केहि महिना अघि धादिङबेसीमा गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धादिङ कमल थापाको राप्रपा नेपालमा समाहित भएको छ ।

समाहित हुनेमा लोसपा धादिङका जिल्ला अध्यक्ष नोरमान तामाङ, केन्द्रीय सदस्य निरवहादुर श्रेष्ठसहित जिल्ला कार्य समिति रहेको बताईएको छ । शनिवार आयोजित एक कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले धादिङको सो समूहलाई पार्टीमा स्वागत गरेका हुन् ।

थापाले राप्रपा नेपाल हिन्दू राज्यको एजेण्डा बोक्ने वास्तविक पार्टी भएकाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि अघि बढ्न आग्रह गरेका थिए । राप्रपाबाट बाहिरिएपछि कमल थापाले राप्रपा नेपालको संगठन विस्तारलाई तीब्रता दिएका छन् ।