सुशिला रिजालद्वारा जन्मोत्सवमा १२० जना बहिरा बालबालिकालाई स्टेशनरी प्रदान

Avatar photo
Dhadingpost
फाल्गुन २८, २०७८

धादिङ । धादिङ नीलकण्ठ निवासी सुशिला रिजालले सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित नवज्योति बहिरा माध्यमिक विद्यालयका १२० जना विद्यार्थीलाई स्टेशनरी सामान वितरण गर्दै आफ्नो जन्मोत्सव मनाएकी छिन् ।

प्रकृति मानव केन्द्रीत जनअभियानको पाँचौं केन्द्रीय अधिवेशमा सहभागी हुने सिन्धुलीमा छ, उत्त कार्यक्रममा सहभागि रिजालले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री प्रदान गरेकी हुन् ।

धादिङ देखि सिन्धुली आएर आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई सहयोग गरेको भन्दै शिक्षक तथा विद्यार्थीहरुले खुसी व्यक्त गरेका थिए । उक्त स्टेशनरी वितरण कार्यक्रममा प्रकृति मानव केन्द्रीत जनअभियान प्रतिनीधिहरु शिवराज सापकोटा, दिपक सापकोटा, सानु नेपाल लगायत सहभागि थिए ।