
धादिङ । शिक्षा मन्त्री देवेन्द्र प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा धादिङको गंगाजमुना गाउँपालिका स्थित बसेरीमा रहेको शिवालय माध्यामिक विद्यालयको वार्षिक उत्सव तथा फुलखर्कमा रहेको तामाङखर्क माध्यामिक विद्यालयको २ वटा भवन उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
शिवालयको ४६ औं वार्षिक उत्सव तथा तामाङखर्क माध्यामिक विद्यालयको भवन उदघाटन समारोहमा शिक्षा मन्त्री पौडेल सहित प्रदेश सांसद जगत सिंखडा लगायतका नेताहरु बुधबार हेलिकप्टरबाट बेसेरी पुगेका थिए ।
