
धादिङ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेसी, गजुरी र त्रिपुरासुन्दरीमा लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ ।
‘सामाजिक न्याय र लैङ्खिक समानताःदिगो विकासको सुनिश्चितता’ भन्ने मुलनाराको साथमा धादिङबेसीमा भएको लोकदोहोरीमा नीलकण्ठ नगरपालिकाको भवानी अधिकारी समुह द्धित्तिय, ज्योति महिला सहकारीकी दुर्गा ढुङ्गानाको समुह तृत्तिय र नारी विकास बचत तथा ऋण सहकारीका बिजय लगुन समुह सान्तवना भएका थिए ।
उक्त प्रतियोगितामा प्रथम, द्धित्तिय, तृत्तिय र सान्तवना हुनेलाई क्रमशः१२ हजार ५००, ८ हजार ७५०, ६ हजार २५० र ३ हजार ७५० नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । साथै प्रतियोगितामा सहभागि अन्य ४ समुहलाई समेत यातायात खर्च वापत २र२ हजार नगद प्रदान गरिएको थियो ।
यस्तै गजुरी गाउँपालिकाले आयोजना गरेको लोकदोहोरी प्रतियोगिता भद्रकाली आमा समुह मलेखु प्रथम, गजुरीको रुद्रेश्वर आमा समुह दोस्रो र पिण्डेश्वरी आमा समुह सान्तोना भएको थियो ।
गजुरीमा भएको उक्त प्रतियोगितामा प्रथम, द्धित्तिय र सान्तवना हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।
यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाले पनि नारी दिवसको अवसरमा मंगलबार पालिका स्तरीय दोहोरी गित प्रतियोगिता गरेको थियो ।

