
धादिङ । धादिङको बेनीघाट रोराङमा संगिता पाण्डे विसुरालको अध्यक्ष रहने गरि माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) गठन भएको छ ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित अनेमसंघ (क्रान्तिकारी) बेनीघाट रोराङको प्रथम भेलाले संगिता पाण्डे विसुराल अध्यक्ष, राधा डल्लाकोटी र गिता पाण्डे, सचिव लक्ष्मी कडेल, सहसचिव मायाँ रिजाल र कोषाध्यक्ष कमला राना सहित ४५ सदस्यीय कमिटी बनाएको हो ।
प्रथम भेलाका प्रमुख अतिथि तथा माओवादी केन्द्र धादिङ संघीय क्षेत्र नम्बर १ का इन्चार्ज विवेक थपलियाले अधिकांश स्थानीय चुनाव माओवादी केन्द्रले नै जित्नु पर्ने र माओवादी पविर्तनको मुल प्रवाह भएको दावी गरेका थिए ।
