धादिङ त्रीपुरासुन्दरीका बानियाँ, सालकको आखेटोपहार सहित पक्राउ

Avatar photo
Dhadingpost
फाल्गुन २३, २०७८

धादिङ । धादिङ त्रीपुरासुन्दरी गाउँपालिका ३ का ४० वर्षिय गोपाल बानियाँ संरक्षित वन्यजन्तु सालकको आखेटोपहार सहित पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-१३ सोल्टीदोबाटोबाट २ थान संरक्षित वन्यजन्तु सालकको आखेटापार जस्तो देखिने वस्तु र १ थान डिजिटल तराजु सहित काठमाडौं तारकेश्वर नगरपालिका-१० नेपालटार बस्दै आएका धादिङ त्रीपुरासुन्दरीका गोपाल बानियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

उक्त स्थानमा सालकको आखेटोपहार १२ लाख रुपैयाँमा बिक्री बितरण गर्न खोजिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु र तराजु सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

x