दुई दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु

Avatar photo
Dhadingpost
फाल्गुन २३, २०७८

काठमाडौं । महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरका अनुसार ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ ।

कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर ४ स्थित नल्लुमा सोमबार बिहान ४ जना घरमै मृत फेला परेका थिए । यस्तै दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा दुई दिने शिशुको मृत्यु भएको प्रहरीको भनाइ छ ।

ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ ।

गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा डिएसपीको कमाण्डका एक टोली पुगेको छ ।