
काठमाडौं । राष्ट्रियसभा गृहमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले सभामुखको पद जोगाउनका लागि व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गरिएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन भत्काउने खेल खेलेको र सभामुख अग्निप्रसाद सापकोटाको पदसमेत धरापमा परेकाले एमसीसी अनुमोनदनका लागि व्याख्त्यात्मक टिप्पणीसहित अनुमोदन गर्नुपरेको बैठकमा प्रचण्डले प्रस्ट्याएका थिए ।
उनले गठबन्धन बचाएर एमालेलाई फेरि ‘कर्नर’मा पुर्याइ दिएको दाबी गरे । एमसीसी अनुमोदन गर्ने सहमति नभएको भए गठबन्धन टुट्थ्यो। तर एमालेको प्रयास विफल पारेर फेरि कर्नरमा पुर्याइदियौं, उनले भने ।
एमसीसी अनुमोदन गर्न पार्टीले सघाएको विषयलाई लिएर माओवादीभित्र बहस र अन्तरविरोध भइरहेका बेला केन्द्रीय समितिको बैठकमा यसलाई प्राथमिकतामा राखिएको माओवादी नेताहरुले बताएका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायतले एमसीसीको व्याख्यात्मक घोषणासहित पास गर्ने पार्टीको निर्णयमै अहसमत जनाएका थिए ।
प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएपछि पनि काजीसहितका नेताहरुले पार्टीले गलत गरेको भनी पार्टीमा छलफलको माग राखेका थिए । सोही कारण जारी केन्द्रीय किमटीको बैठकमा एमसीसीले पहिलो प्राथमिकता पाएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।
