युक्रेनमा रहेका नेपालीको उद्धारको लागि भारतले सघाउने

Avatar photo
Dhadingpost
फाल्गुन १९, २०७८

काठमाडौं । युक्रेनमा रहेका नेपालीलाई अन्य मुलुक हुँदै नेपाल फर्काउन भारतले सघाउने भएको छ ।

नेपाली राजदूतावासको आग्रहमा भारतले युक्रेनको सीमा क्षेत्रबाट हंगेरी, रोमानिया, स्लोभाकिया र पोल्यान्डबाट नेपालीहरूलाई उद्धार गर्ने भएको हो ।

युक्रेनमा थप युद्ध चकर्ने भएपछि नेपालले दिल्ली राजदूतावासमार्फत ४ दिन अघि नै सहयोग गरिदिन भारतलाई आग्रह गरेको थियो । नेपालको आग्रहअनुसार भारतले नेपाली नागरिकहरूलाई पनि उद्धार गरिदिने भएको हो ।