
धादिङ । अन्तराष्ट्रिय धादिङ समाजले युक्रेनमा रहेका नेपालीलाई तत्काल एनआरएनएका सह कोषाध्यक्ष एवम् अन्तराष्ट्रिय धादिङका संरक्षक लोक दाहाललाई सम्पर्क गर्न आव्हान गरेको छ ।
अन्तराष्ट्रिय धादिङका अध्यक्ष राजन खकुरालले एक विज्ञप्ती जारी गर्दै युक्रेनमा रहेका नेपालीहरुलाई तत्काल एनआरएनएका सह कोषाध्यक्ष एवम् अन्तराष्ट्रिय धादिङका संरक्षक लोक दाहाललाई +32483503939 मा सम्पर्क गर्न आग्रह गरेका हुन् ।
विज्ञप्ती मार्फत यूरोपका कयौं सामाजिक अभियान्ताहरु उद्धार कार्यमा लागि परेको समेत खकुरालले उल्लेख गरेका छन् ।

