किरान्चोक स्थित थुम्किडाँडा माविको १२ कोठे भवन उद्घाटन

Avatar photo
Dhadingpost
फाल्गुन १४, २०७८

धादिङ । माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेश सरकारका आर्थिक माामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले गजुरी ८ किरान्चोक मा रहेको थुम्किडाँडा माविको नवनिर्मित १२ कोठे भवन उद्घाटन गरेका छन् ।

मट म्याग्डोनाल्डको आर्थिक सहयोगमा सप्रोस नेपालले गजुरी गाउँपालिका सङ्ग समन्वय गरि ३ करोड ६२ लाख ८ हजार ६५९ रुपैंयाको लागतमा बनेको उक्त भवन मन्त्री जमकट्टेलले शुक्रबार उद्घाटन गरेका हुन् ।

विध्यालाय व्यवस्थापन समितिका अध्यक्ष राज कुमार ढुंगानाको अध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत र उपाध्यक्ष सीता ढुंगाना, मट म्याग्डोल्डका गुणराज श्रेष्ठ, सप्रोस नेपालका कार्यक्रम प्रमुख ड। सुनित अधिकारी लगाएतको आतिथ्यता रहको विद्यालयका निमित्त प्र.अ. विक्रम अधिकारीले धादिङपोष्टलाई बताए ।