यूएईमा पक्राउ परेका पत्रकार पाण्डेको रिहाइको माग

Avatar photo
Dhadingpost
फाल्गुन ११, २०७८

काठमाडौं । यूएईमा रहेर उज्यालो रेडियो नेटवर्कका लागि रिपोर्टिङ गर्दै आएका पत्रकार उमाकान्त पाण्डेलाई यूएई प्रहरीले पक्राउ गरेपछि रिहाइको पहल गर्न महासंघमा महासचिव रोसन पुरीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

पाण्डेले नेपालमा रहँदा पुस २३ गते सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्न रहेको आशयमाु लेखिएको स्टाटसकै आधारमा उनलाई यूएई प्रहरीले पक्राउ थियो ।

युएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई त्यहाँको सेन्ट्रल जेलमा राखिएको जानकारी प्राप्त भएको महासचिव पुरीले बताएका छन् । पत्रकार पाण्डेको परिवारले नेपाली दूतावासकै उजुरीमा यूएई प्रहरीले पत्रकार पाण्डेलाई पक्राउ गरेको महासंघलाई जानकारी गराएको छ ।

नेपालमा रहँदा लेखिएको स्टाटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र यूएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघको भनाइ छ।