
हिमाल बोहोरा
धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका ५ निवासी सरिता खड्काले चिसापानी स्वास्थ्य सेवा विन्दुलाई कम्प्युटर र प्रोजेक्टर त्यस्तै देउराली आधारभुत विद्यालय चिसापानीलाई शैक्षिक सामाग्री सहयोग गरेकी छिन् ।
आफ्नो स्वर्गिय श्रीमानको वार्षिक पुन्य तिथिको अवसरमा खड्काले स्वास्थ्य सेवा विन्दुकी रिता तिमल्सिनालाई कम्प्युटर र प्रोजेक्टर, देउराली आधारभुत बिध्यालयको प्र. अ. तील कुमारी थापामगरलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् ।
स्थानीय समाजसेवी, बुद्धिजिविहरुको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उनको छोरा बद्री खड्काले आगामी दिनहरुमा समेत उक्त विद्यालय र स्वस्थ्य संस्थालाई सहयोग उपलब्ध गराउँदै जाने प्रतिवद्धता जनाएका थिए ।

