बानेश्वर क्षेत्र ‘रणमैदान’ जस्तै १३७ जना पक्राउ

Avatar photo
Dhadingpost
फाल्गुन ४, २०७८

काठमाडौं । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको अनुदान सम्झौता संसद्‌बाट पारित गर्न लागिएको भन्दै बुधबार संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनकारी र प्रहरी आमने–सामने हुँदा नयाँ बानेश्वर क्षेत्र बुधबार रणमैदान जस्तै बन्यो । विरोधमा प्रदर्शनमा उत्रिएका १३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि पक्राउ गरिएको हो’ एसएसपी गिरीले अनलाइनखबरसँग भने, ‘९ जना प्रहरी कर्मचारी घाइते छन्, प्रदर्शनकारीतर्फ एक जना सामान्य घाइते छन् ।’

एमसीसीको विरोधमा सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ता पनि सडकमा आएका छन् । त्यस्तै एमसीसी संसदमा टेबल गर्न खोजेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका दलको मोर्चाले बुधबार नेपाल बन्द नै घोषणा गरेको छ ।