
धादिङ । धादिङमा आज ३ जना कोरोना पोजेटिभ थप भएका छन् भने २ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज धादिङको गंगाजमुनामा ३ जनालाई पोजिटिभ देखिएको हो ।
जिल्लाको सक्रिय केश ८६ पुगेको छ र २ जना हस्पिटल आइसोलेसनमा रहेका छन् । ५ एण्टिजेन परिक्षणमा ३ पोजिटिभ आएको छ ।

