
धादिङ । नेकपा एमाले खनीवास गाउँपालिकाले मृगौला रोगी ख्रष्टिमायाँ तामाङलाई ५४ हजार ९ सय ४० रुपैयाँ नगद सहयोग गरेको छ ।
खनीयाबास गाउँपालिका वडा नम्बर १ झर्लाङ निवासी ३५ वर्षीया ख्रष्टिमायाँ तामाङ विगत ६ महिना देखि मृगौला फेल भई पोखरामा पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारत छिन् ।
गाउँकमिटीले संकलन गरेको उक्त रकम नेकपा एमाले प्रदेश कमिटि सदस्य मंग तामाङ, नेकपा एमाले जिल्ला कमिटि सदस्य इमान तामाङ, वडा कमिटि अध्यक्ष अब्राहम तामाङले पमृगौला पिडीतलाई हस्तान्तरण हुन् ।

