
धादिङ । धादिङबेसी स्थित सामुदायीक आँखा केन्द्रमा आगामी फागुन २ र ३ गते आँखा अप्रेसन नि:शुल्क हुने भएको छ ।
केन्द्रले सूचना जारी गर्दै, द फ्रेड फाउण्डेसन अष्ट्रिेलियाको सहयोगमा उक्त दुई दिन निशुल्क आँखा अप्रेसन हुने जनाएको हो ।
आँखा केन्द्रमा आँखा चेक जाँच गरी अप्रेशन गर्न नाम टिपाएका, दार्खा, कटुञ्जे, सलाङ, कुम्पुर, बेसेरी, झर्लाङ, बोराङ र लापामा संचालित शिविरबाट अप्रेशनका लागि छनोट भएका व्यक्तिहरुको आखाँको अप्रेसन हुने जनाईएको छ ।


