राष्ट्रिय युवा संघ नेपाल नेत्रावतीको अध्यक्षमा मनराज गुरुङ चयन

Avatar photo
Dhadingpost
माघ १५, २०७८

धादिङ । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्षमा मनराज गुरुङ चयन भएका छन् ।

नेकपा एमाले जिल्ला कमिटीका सचिव अर्जुन गोर्खालीको प्रमुख आतिथ्यामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल नेत्रावती डबजोङ गाउँपालिकाको अधिबेसनले उपाध्यक्षमा अम्रिस तामाङ, सचिबमा बिजय तामाङ, उपसचिवद्वय अमित तामाङ, राज थापामगर र कोषाध्यक्षमा अनिता बि.क. लाई चयन गरिएको छ ।

कोभिड १९ महामारीको बेला रगत अभाव हुन नदिन र नेकपा एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्य कामना गर्दै राष्ट्रिय युवा संघ नेपाल नेत्रावती डबजोङले रक्तदान कार्यक्रम आयोजना थियो उक्त रक्तदानमा १८ जनाले रगत दिएका थिए ।

उक्त अधिवेशनमा राष्ट्रिय युवा संघ धादिङका अध्यक्ष काजि श्रेष्ठ, नेत्रावती डबजोङ गाउँ कमिटीका उपाध्यक्ष उतम अधिकारी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।