
काठमाडौं । अमेरिकी लडाकु एफ-३५ सी विमान साउथ चाइना सीमा खसेको छ । उक्त क्षेत्र अन्तर्राष्ट्रिय जलक्षेत्र भएकोले जो त्यो विमानसम्म पहिले पुग्छ, उसले बाजी मार्छ ।
समुद्रमा खसेको आफ्नो एउटा लडाकु विमानसम्म चीनभन्दा अगाडि पुग्नका लागि अमेरिकी नौसेना लागिपरेको छ । बीबीसीले जनाएको छ । बीबीसीका अनुसार जो त्यो विमानसम्म पहिले पुग्छ, उसले बाजी मार्छ र त्यो जितबाट प्राप्त हुने कुरा भनेको निकै महँगो लडाकु विमानबारे गोप्य सूचना हुन् ।
सोमवार सैन्य अभ्यासका क्रममा समुद्रमा उक्त विमान खसेसँगै डुङ्गामा सवार सातजना घाइते भएका थिए । हाल त्यो विमान समुद्रमा छ र अब के हुन्छ भन्ने कुरा स्पष्ट छैन । नौसेनाले कुन स्थानमा विमान झरेको हो वा उक्त विमानसम्म पुग्न कति समय लाग्छ भन्ने कुरा पुष्टि गर्ने छैन ।
चीनले पूरै साउथ चाइना सी आफ्नो रहेको दाबी गर्दै आएको छ र त्यो दाबी कायम राख्न विभिन्न कदम चालिरहेको छ । सन् २०१६ मा चीनसँग उक्त क्षेत्र दाबी गर्ने कानुनी आधार नरहेको अदालतहरूले फैसला सुनाए पनि उसले त्यो स्वीकार गरेको छैन । राष्ट्रिय सुरक्षा विज्ञहरू चिनियाँ सेना उक्त विमानसम्म पुग्न अत्यन्त उत्सुकुु हुने बताउँछन् ।
उद्धारका लागि प्रयोग गरिएको पानीजहाज दुर्घटना स्थलभन्दा १० दिन पर रहेको बताइएको छ । विमानको ब्ल्याक बक्समा जडान गरिएको ब्याट्री त्यसअघि नै सकिने र त्यसले गर्दा विमान फेला पार्न गाह्रो हुने हुँदा त्यो निकै ढिला हुने रक्षा मामिलासम्बन्धी कन्सल्टयान्ट आबी अस्टीन बताउँछिन् । विमानमा जडान गरिएको प्रविधि चीनसँग नभएकाले उक्त जेटसम्म पहिले पुग्न सके चीनले ठूलो फड्को मार्न सक्ने उनी बताउँछिन् ।
एफ-३५ सी किन विशेष छ ?
उडानका बेला जम्मा पारेको सूचना ‘रियल टाइम’मा सेअर गर्न सक्ने क्षमता ।
यो अमेरिकी नौसेनाको पहिलो ”लो अभजर्भेभल” क्यारियर आधारित विमान हो जुन शत्रुको हवाई क्षेत्रमा देखा नपरीकनै काम गर्न सक्षम छ ।
यसमा निकै शक्तिशाली फाइटर इन्जिन जडान गरिएको छ र यसले १,२०० एमपीएच सम्मको गतिमा यात्रा गर्न सक्छ ।
विमानको पखेटामा दुईवटा अनि विमानभित्र चार वटा क्षेप्यास्त्र बोक्न सक्ने क्षमता यसमा छ ।

