
धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाह स्थित देउराली माध्यमिक विद्यालयको नव निर्मित ९ कोठे भवनको मेयर ढुंगानाद्वारा उद्घाटन गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मेयर भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाईका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठ, नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गुणबहादुर थपलिया,श्रोत ब्यक्ति मेघनाथ कोइरालाको विशेष आथित्यता रहेको थियो ।
भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस धादिङका युवा नेता दिपक कोइराला,रमेश कोइराला,हेमराज श्रेष्ठ, समाजसेवी राम प्रसाद अधिकारी,विभिन्न चन्दादाता,शिक्षाप्रेमी ब्याक्ती तथा अभिभावकको आथित्यता रहेको थियो ।
