माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा धादिङबाट ११ जना प्रतिनीधि सहभागी हुने

Avatar photo
Dhadingpost
पुस ९, २०७८

धादिङ । माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेनल पुस ११ देखि १३ गतेसम्म काठमाडौमा हुँदैछ । उक्त सम्मेलनमा धादिङबाट ११ जना प्रतिनीधिहरु सहभागि हुन पाउने भएका छन् ।

१५ सय पार्टी सदस्य बराबर १ जना प्रतिनीधि छनोट हुने केन्द्रिय मापदण्ड अनुसार धादिङमका पार्टी सदस्य नविकरणको संख्या अनुसार धादिङले ११ जना केन्द्रिय प्रतिनीधि छनोट गर्न पाउने भएको हो ।

महिला ३ जना , दलित २ जना अनिवार्य छनोट गर्नुपर्ने र अन्यमा ६ जनामा छनोट गर्न माओवादी केन्द्रलाई निकै सकस परेकोले को को प्रतिनीधि जाने भन्ने अहिले सम्म नाम नटुङ्गि सकेको एक नेताले बताए । सिनियर कमरेडहरु धेरै हुनुहुन्छ महिला र दलित बाहेक ६ जना मात्रै छान्नु पर्ने हुँदा निकै सकस भएको ति नेताले बताए ।

राष्ट्रिय सम्मेलनमा देशभरबाट १ हजार ५ सय ३३ प्रतिनिधि सहभागि हुने बताईएको छ । सबैभन्दा धेरै प्रतिनिधि वागमतीबाट हुने छन् भने सबैभन्दा कम प्रवासबाट हुने छन् । बागमती प्रदेशबाटधादिङको ११ सहित १२८ प्रतिनीधिहरु राष्ट्रिय सम्मेलनमा सहभागि हुने बताईएको छ ।