
धादिङ । धादिङ पुस ४ गते देखि जारी अभियान अन्तरगत बिहिबार सम्म २५ हजार ७०५ जना १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीले कोरोना भाईरस विरुद्धको मोडर्ना खोप लगाएका छन् ।
जसमा नीलकण्ठमा ५ हजार ९८८, धुनीबेसी २ हजार ०४०, ज्वालामुखी १ हजार ६६३, सिद्धलेक १ हजार ८६२, नेत्रावती डवजोङ ७२८, गल्छी १ हजार ४९८, गजुरी १ हजार ६७८, थाक्रे २ हजार ००३, बेनीघाट रोराङ २ हजार ४१४, गंगाजमुना १ हजार ७७०, त्रिपुरासुन्दरी २ हजार ३०४, रुविभ्याली ७८१ र खनियावास ९७६ जना १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाईएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
वालवालिकाले खोप लगाउन आउँदा विद्यालय भर्नाको आधार, जन्म दर्ता, वडा कार्यालयको सिफारिस आवश्यक पर्ने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । तस्वीरः सविना पोखरेल


