धादिङका विजयलाई प्रदेश सह-सचिवमा सर्वाधिक मत (मत विवरण समेत)

Avatar photo
Dhadingpost
पुस ६, २०७८

धादिङ । २७५ सदस्य रहेको माओवादी केन्द्र बागमती प्रदेशमा पदाधिकारीहरुको लागि सहमती नजुटे पछि सोमबार साँझ प्रदेश पदाधिकारीहरुको लागि निर्वाचन भयो । २२ जना प्रदेश समितिमा चयन गर्न सफल धादिङले पदाधिकारी मध्य जिल्ला अध्यक्ष समेत भई सकेका दलबहादुर बुर्लाकोटी (विजय) लाई सह सचिवमा उठाउने आन्तरिक निर्णय गर्यो ।

त्यसै अनुरुप विजयले सह-सचिवमा उम्मेदवारी दिएका थिए । ३ जना चाहिने यस पदका लागि ९ जनाको उम्मेदवारी पर्यो जस मध्य सबैभन्दा धेरै १०५ मत प्राप्त गरी विजयी बने । यस्तै सहसचिवमा विजयी हुनेमा माधव प्रसाद लामिछाने र प्रकाश श्रेष्ठ छन् ।

दुई जना अध्यक्षका उम्मेदवार मध्य भारी मतान्तरले दिननाथ गौतमलाई पछि पार्दै सरल सहयात्री पौडेलले विजयी बने । गौतमको ८६ मतको विरुद्ध सहयात्रीले १६२ मत प्राप्त गरेका थिए ।

यस्तै ३ जना उपाध्यक्ष चाहिएकोमा १० जनाको उम्मेदवारी पर्यो जसमा रुपा महर्जन सर्वाधिक १७८ मत, राम प्रसाद ढुङ्गाना १०१ मत र प्रेम बहादुर पुलामी १३८ मत ल्याउदै विजयी भए ।

त्यसैगरी सचिव १ पदको लागि तीन जनाको उम्मेदवारी परेको थियो जसमा इन्द्रबहादुर थिङ १४९ मत ल्याई विजयी बने । यस्तै १ पद को कोषाध्यक्षको लागि ३ जनाको उम्मेदवारी परेकोमा १५३ मत ल्याउँदै संगीता भट्टराई विजयी भईन् ।

अन्तिम मत परिणाम

x