सहिद स्मृति आयुर्वेद अस्पताल बालाजुमा २० दिने नि:शुल्क स्वास्थ्य शिविर जारी

Avatar photo
Dhadingpost
पुस २, २०७८

काठमाडौं । सहिद स्मृती आयुर्वेद हस्पिटल प्रा लि र लायन्स क्लव अफ काठमाडौंद्धारा २० दिने नि:शुल्क स्वास्थ शिविर जारी छ । अस्पतालका निर्देशक कल्याण भण्डारी को अध्यक्षता, लायन्स क्लव इन्टरनेशनल ३२५, बि २ नेपालका District Chief Excucative लायन आर एस महतोको प्रमुख आथित्यतामा शनिबार एक समारोहको बिच उद्घाटन भए सँगै शिविर जारी रहेको हो ।

मंसिर २५ गते देखि पुष १५ गते सम्म बालाजु स्थित सहिद स्मृती आयुर्वेद हस्पिटल प्रा लि प्राङ्गणमा हुने नि:शुल्क स्वास्थ शिबिरमा ब्लड सुगर र पिसाब परिक्षण नि:शुल्क, अन्य रगत परिक्षणमा ५० प्रतिशत छुट र सम्पुर्ण औषधिमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

उद्घाटन कार्यक्रममा लायन आर एस महतोले बिगत देखि आजसम्म सहिद स्मृति हस्पिटलले खेलेकाे भुमिका बारेमा प्रकाश परेका थिए । लायन क्लबबाट हुने सहयाेग, साथ र समर्थन सदैब रहने, जहाँ बिकल्पकाे अन्त्य हुन्छ तेहिंबाट आयुर्बेदकाे शुरुवात हुन्छ, समाज सेवामा सहिद स्मृति हस्पिटलले आयुर्वेदकाे क्षेत्रमा पुर्याएकाे भुमिका अविस्मरणिय रहेकाे बताए ।

कार्यक्रममा अस्पतालका निर्देशक एव लायन्स क्लव अफ काठमाडौ शहिद स्मृतिका Charterd President लायन कल्याण भण्डारीले २० दिने नि:शुल्क स्वास्थ शिविर राख्नुको उदेश्य र अबकाे याेजनाकाे बारेमा जानकारी । हस्पिटलले आम जनमानसमा स्वास्थ्य सेवामा खेलेकाे भुमिका र अबकाे कार्य याेजनाकाे बारेमा बताएका थिए ।

उक्त कार्यक्रममा District Co-Chief Advisor लायन जगन्नाथ पुडासैनीले ब्यक्तिगत र संस्थागत हुने सहयाेग रहने र सहिद स्मृति हस्पिटल समाज सुधारकाे अग्रणी रहेकाे बताए । आयुर्बेद चिकित्सक डाक्टर अमृत भण्डारीले आयुर्वेद र आयुर्वेदले खेलेको भुमिका र आयुर्वेदको आजको महत्व प्रष्ट पारे ।

यस्तै District Deputy Chief एव Holistic Minds & Life Celebration Center का Life Coach आदर्श प्रधानले आयुर्वेद बाट उपचार मात्र नगरी यसलाई जीबन जिउने आधार बनाउनु पर्ने र यसको महत्व जनजनमा पुराउनु पर्ने धारणा राखेका थिए । योग प्रशिक्षक राजु महर्जनले सुरुवात देखिनै यश हस्पिटलकाे साथमा रहि सुख दुख बाडेकाे र आफ्नाे तर्फबाट हरदम साथ र सहयाेग रहने साथै याेग र आयुर्बेद नै जीवन र जगतकाे सरल सहज हाे भन्ने मन्तब्य राखे । कार्यक्रममा क्लबका सचिब युगल भण्डारीले कार्यक्रम सञ्चालन गर्दै क्लवले सामाजिक क्षेत्रमा अझै महत्वपूर्ण भमिका निभाउन प्रयासरत रहेको बताएका थिए ।