माओवादी केन्द्र बागमती प्रदेशमा धादिङबाट २२ जना चयन (नाम समेत)

Avatar photo
Dhadingpost
मंसिर २७, २०७८

धादिङ मंसिर २७ । माओवादी केन्द्र बागमती प्रदेशको कार्यसमितिमा धादिङबाट २२ जना चयन भएका छन् । बागमतीको सम्मेलनमा धादिङबाट ५९ जना प्रतीनीधि सहभागि थिए ।

दुई दिन सम्म काठमाडौंको स्काईपार्टी प्यालेसमा चलेको बागमती प्रदेशको उक्त सम्मेलनले अध्यक्ष सहित पदाधिकारीहरु सर्व सहमतिले टुङ्ग्याउन नसकेपछि २७५ जना प्रदेश सदस्यहरुको नाम पढेर सम्मेलन सकिएको थियो । अब यहि २७५ जनाको बैठकले पदाधिकारी टुङ्ग्याउने बताईएको छ ।

धादिङबाट प्रदेश कार्यसमितिमा चयन भएका २२ जना मध्य जिल्ला अध्यक्ष विजय बुर्लाकोटी र दिपा सिंखडा, मनराज भण्डारी र सिता भण्डारी, दिपक लामिछाने र गंगोत्री चौलागाई श्रीमान् श्रीमती हुन् ।

धादिङको नीलकण्ठबाट ६ जना, त्रिपुरासुन्दरीबाट ४ जना, बेनीघाट रोराङबाट ४ जना, धुनीबेसीबाट ४ जना, गजुरी १, नेत्रावती डवजोङ १, रुबीभ्याली १ र गंगाजुनाबाट १ जना बागमती प्रदेश कमिटीमा परे भने, खनियाबास, ज्वालामुखी, सिद्धलेक, गल्छी र थाँक्रेबाट प्रदेश सदस्यमा परेनन् ।

यी हुन्, धादिङबाट बागमती प्रदेश सदस्य हुने २२ जना
1. मनराज भण्डारी, नीलकण्ठ
2. दिपक विश्वकर्मा, नीलकण्ठ
3. लक्ष्मण रम्तेल, नीलकण्ठ
4.शोभा ढंगोल, नीलकण्ठ
5. सिता भण्डारी, नीलकण्ठ
6. सरला धमला, नीलकण्ठ
7. दलबहादुर बुर्लाकोटी (विजय), त्रिपुरासुन्दरी
8. हरि अधिकारी (आशिष), त्रिपुरासुन्दरी
9. सुवास अधिकारी (दर्पण), त्रिपुरासुन्दरी
10. दिपा सिंखडा (अर्पणा), त्रिपुरासुन्दरी
11. पित्तबहादुर डल्लाकोटी (हरि) बेनीघाट रोराङ
12. इद्रबहादुर थपलिया (विवेक) बेनीघाट रोराङ
13. चन्द्रबहादुर बहादुर सिलवाल (मिलन) बेनीघाट रोराङ
14. दिपा कंडेल, बेनीघाट रोराङ
15. दिपक लामिछाने (सुवोध), धुनीबेसी
16. गंगोत्री चौलागाई, धुनीबेसी
17. राजन रेग्मी, धुनीबेसी
18. नारायण लामिछाने, धुनीबेसी
19. तारा भण्डारी, गजुरी
20. उर्मिला तामाङ, नेत्रावती डवजोङ
21. मिम्बा तामाङ, रुबीभ्याली
22. नवराज अधिकारी, गंगाजमुना

x