
धादिङ मंसिर २३ । धादिङको गंगाजमुना गाउँपालिकामा नेपालकै दोस्रो लामो झोलुङ्गे पुलको शिलान्यास भएको छ ।
गंगाजमुना गाउँपालिका वडा नम्बर ६ को अधेरीफाँट देखी वडा नम्बर ७ को चाँचुली जोड्ने यो पुल ४ सय ८ मिटर लामो हुनेछ । भने बृज सस्टेन्सन डिभिजन कार्यालय पुलचोकले निमार्णको ठेक्का पाएको हो ।पुल निर्माण भएपछि ३ घण्टा लाग्ने उक्त बाटो १० मिनेटमा पुग्न सकिने बताईएको छ ।
नेपालको पहिलो लामो झोलुङ्गे पुल बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथिको पुल हो । उक्त पुलको लम्बाई ५ सय ७६ मिटर रहेको छ ।
