त्रिपुरासुन्दरी मेला भव्यताका साथ सकियाे

Avatar photo
Dhadingpost
मंसिर २१, २०७८

धादिङ मंसिर २१ । न्यु त्रिपुरासुन्दरी युवा क्लव र त्रिपुरासुन्दरी मन्दिर संरक्षण समितिले यस वर्षको त्रिपुरासुन्दरी मेला भव्य रुपमा सम्पन्न भएकाे दावी गरेकाे छ ।

राष्ट्रिय स्तरका नेता तथा जनार्दन शर्मा प्रभाकर मेलामा ल्याउन सक्नु, साँस्कृतिक कार्यक्रमलाई भव्य बनाउन ईन्द्रेणी टिमले महत्त्वपूर्ण भुमिका निभाएकाे आयाेजकले जनाएकाे छ ।

यस्तै मेला व्वस्थापनका लागि तय गरिएकाे अस्थायी बजार क्षेत्र व्यवस्थीत भएकाे १० औं त्रिपुरासुन्दरी कप फुटबल प्रतियाेगितामा देखिएकाे युवा सहभागिता र खेल दर्शक उल्यख्य हुनुले पनि मेलामा खेलकुद अनिवार्य बनेकाे आयाेजकले निस्कर्स निकालेकाे युगल भण्डारीले धादिङपाेष्टलाई बताए ।

मेला भव्य वनाउन आर्थिक, भाैतिक सहयाेग गर्ने सबैलाई धन्यावाद ज्ञापन गरिएकाे समेत उनले बताए ।

x