धादिङमा जारी टी-२० क्रिकेटमा त्रिपुरासुन्दरीबाट बाबु-छोरा

Avatar photo
Dhadingpost
कार्तिक १४, २०७८

धादिङ कात्तिक १४ । धादिङको त्रिपुरासुन्दरी क्रिकेट टिम धादिङमा मात्रै नभएर भारतमा समेत विभिन्न क्लव स्तरीय प्रतियोगितामा भाग लिँदै आएको क्रिकेट टिम हो । दर्जनौं पुरस्कारहरु चुमी सकेको यस टिमका मुख्य खेलाडी हुन बाबु छोरा उदय थापा र अमृत थापा ।

अलराउण्डर उदय थापा अहिले उमेरले ५५ वर्षका भए भने अलराउण्डर अमृत थापा १९ वर्षका भए टिमको कप्तानी हाल अमृतले गर्दै आएका छन् । धादिङमा जारी टी -२० क्रिकेटको पहिलो खेलमा नलाङको चक्रदेवि सँग खेल्दा राम्रो प्रदर्शन गरी विजयी हुँदा दर्शकको नजरमा परेका यी त्रिपुरासुन्दरी क्रिकेट क्लवका बाबु छोरा (उदय थापा र अमृत थापा) आज भद्रकाली मलेखुलाई त्रिपुरासुन्दरीले हराउँदा पनि दर्शकदिर्घामा हाईहाईको पात्र बने ।

यी बाबुछोरा सँगै क्रिकेट मात्रै खेल्दैनन्, कयौं पटक यी दुईको जोडिले जिल्ला स्तरीय क्रिकेट म्याच समेत जिति सकेको छ । अहिले सम्मको स्कोरमा उज्वल थापाको ११४ रन छ भने अमृत थापा दोस्रो स्थानमा रहँदै ६३ रनमा छन् ।

x