
धादिङ कार्तिक १ । दशैं सकिन नपाउँदै त्रिपुरासुन्दरी गाउँपालिकामा दलहरु स्थानीय सरकार विरुद्ध आक्रामक ढंगले प्रस्तुत भएका छन् । आईतबार पालिका स्तरको सवदलिय बैठक नै बसी त्रिपुरासुन्दरी गाउँपालिकामा भएको अनियमितता, भ्रष्टाचार, बेथिति विरुद्ध एकतावद्ध भएर संघर्ष गर्ने निकर्ष निकाले ।
दलिय कार्यकर्ता भर्ति केन्द्रको रुपमा गैर सरकारी संस्था हेफर सँग पालिका अध्यक्षले सहकार्य गरेको आवाज बैठकमा उठेपछि तत्काल हेफर सँगको संझौता रद्ध गर्न लगाउने निर्णय समेत दलहरुले गरेका छन् । त्यस्तै बैठकले सल्यानटार मुल सडक पिच, भ्यूटावर तथा भ्यू पार्क निमार्ण, रंगशाला निमार्णमा भएको ढिला सुस्ती र अनियमिताको विषयमा पनि दलहरुले आवज उठाउने निर्णय गरेका छन् । त्रिपुरासुन्दरीको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
एमाले विभाजनको पूर्व सन्या सम्म त्रिपुरासुन्दरी पालिका अध्यक्ष शम्भु थापा माधव नेपालको पार्टीमा जाने विश्वसमा रहेका गठबन्धनका दलहरु आखिर थापा एमाले मै रहने भएपछि बदलास्वरुप गठबन्धनका दलहरु पालिका अध्यक्ष विरुद्ध लागेका हुन् अरु केहि हैन त्रिपुरासुन्दरीका एक एमाले नेताले धादिङपोष्टलाई बताए ।










































