क्यान्सर पीडित आइतीमाया गुरुङलाई आर्थिक सहयोग

धादिङ भदौ २४ । धादिङको गंगाजमुना गाउँपालिका ३ स्थित चिम्चोक निवासी क्यान्सर पीडित आइतीमाया गुरुङको उपचारको लागि सहयोग प्रदान गरिएको छ ।

धादिङ सामाज जापानका उपध्याक्ष राम सिंखडाको पहलमा जापानमा अध्ययनरत तथा रोजगारको शिलशिलामा रहेकाहरुबाट क्यान्सार पीडित गुरुङको उपचारको लागि ७७ हजार २५० आर्थिक सहयोग प्रदान गरिएको हो ।

उक्त रकम ३ नम्बर वडाका वडा अध्यक्षको हातबाट पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरण गर्दै वडा अध्यक्षले धादिङ सामाज जापानका उपध्याक्ष राम सिंखडा धन्यावाद दिँदै, पीडित गुरुङको उपचारको लागि लाखौं रकम जम्मा गरिनु पर्ने भएकोले देश तथा विदेशमा रहने धादिङवासीहरुलाई सहयोग गर्न आव्हान समेत गरे ।