धादिङमा आज १७ जनामा कोरोना संक्रमण

Avatar photo
Dhadingpost
भदौ ९, २०७८

धादिङ भाद्र ९ । धादिङमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित हुनेमा नीलकण्ठमा २, गंगाजमुनामा २, ज्वालामुखीमा ५ र धादिङ हस्पिटलमा ८ गरी १७ जना छन् ।

नेपालमा थप २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बुधबार थप २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ७११ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा १ हजार ८६२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ५ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणबाट ६२० जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ४४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ ।