धादिङका सहिदद्वय समुन्द्र र कालु तामाङको आज स्मृति दिवस

Avatar photo
Dhadingpost
साउन ३१, २०७८

धादिङ साउन ३१ । धादिङको गंगजमुना गाउँपालिका स्थित चिम चोकमा आजैका दिन अर्थात २०५९ श्रावण ३१ गते तात्कालिन माओवादी नेता एव् जनमुक्ति सेना समुन्द्र र स्थानीय कालु तामाङलाई तात्कालिन सेनाले हत्या गरेको थियो ।

सेक्सन कमाण्डर को जिम्मेवारीमा रहेका बसेरी निवासी रामशरण न्यौपाने (समुन्द्र) लाई सेनाने चिमचोकमा मुठभेडको क्रममा हत्या गरेको थियो भने स्थानीय कालु तामाङलाई समेत तात्कालिन शाही सेनाले माओवादीकै कार्यकर्ता भनेर हत्या गरको थियो ।

रामशरण न्यौपाने (समुन्द्र) संक्षिप्त परिचय
धादिङ गंगाजमुना गाउँपालिका साविकको बसेरी गाविस वाड न ९ गरिव परिवार जन्मेका उनी कक्षा ९ पढ्दापढ्दै रोजिरोटीको लागि भारत गएका थिए । २०५६ सालमा भारत नै रहदा नै माओवादी संगठनमा बसेर काम गरेका उनी २०५७ मा नेपाल आए पछि २०५७ फागुन २५ गते पूर्णकालिन भएका थिए ।

उनले धादिङ दार्खा, नुवाकोट तारुका, गोर्खा ताकु, गोर्खा वार्पाक स्याङ्जा लगायतका ठाउँहरुको आक्रमणमा सहभागित जनाएका थिए सविन न्यौपानेले धादिङपोष्टलाई बताए ।