
धादिङ साउन ३० । धादिङ खनियावास गाउँपालिका दार्खा घर भई बेलायतमा बस्दै आएका रामशरण सिंखडाले गैर आवासिय नेपाली सघं, अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
विगत १७ वर्ष देखी निरन्तर बेलायतमा रहेर सामाजिक काममा क्रियाशिल रहँदै आएका सिंखडाले आगामी अक्टोबरमा हुने एनआरएनए निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय परिषद्को केन्द्रिय सदस्य समेत भएर काम गरि सकेका सिंखडा जुनसुकै जटिल परिस्थितिलाई पनि सरल र सहज रुपमा निवारण गर्न सक्ने समाज रुपान्तरण र सामाजिक कार्यमा सदैब अग्रणी भुमीका खेल्न सिंखडा एनआरएनएको सचिव पदका बलिया प्रतिपर्धीको रुपमा हेरिएको छ ।
सिम्खडासँग १२ वर्ष अन्तराष्ट्रिय दातृसंस्थासँग काम गरेको अनुभव छ । उनले २७ सयभन्दा बढी संघसंस्था आबद्धता रहेको गैरसरकारी संस्था महासंघको केन्द्रीय कोषाध्यक्ष र कार्यकारी संयोजक, नेपाल जेसिसको केन्द्रीय प्रशिक्षक, बिभिन्न परोपकारी संस्थाहरूमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् ।
सन् २००१ मा बेलायत पुगेका सिंखडाकै सक्रियतामा सन् २००५ मा गैरआवासीय नेपाली संघ युकेको स्थापना भएको हो भने २०१२ मा उनी एनआरएन यूकेको राष्ट्रिय संयोजक हुँदा अन्तराष्ट्रीय पत्रकारिता पुरस्कार एनआरएन स्थापना गरेका थिए ।
बेलायतस्थित रेडिङ विश्वविद्यालयमा कार्यरत सिम्खडाको नेपालमा हाइड्रो, बैंकिङ क्षेत्रलगायतका क्षेत्रमा लगानी समेत रहेको छ ।

