सिन्धुलीगढी युद्ध संग्रहालयको आज उद्‍घाटन गरिँदै

Avatar photo
Dhadingpost
साउन १३, २०७८

सिन्धुली साउन १३ । नेपालमा पहिलो युद्ध संग्रहालयका रुपमा स्थापना गरिएको सिन्धुलीगढी युद्ध संग्रहालयको आज उद्‍घाटन गरिँदै ।

युद्ध कला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ । २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सिन्धुलीगढि युद्ध संग्रहालयको शिलान्यास गरेका थिए ।

निमार्णकार्य सकिय सँगै ‘सिन्धुलीगढी युद्ध संग्रहालय’को काम सम्पन्न भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजे संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम नेपाली सेनाको बर्दबहादुर गणले जनाएको छ । सेनाले निर्माण गरेको युद्ध संग्रहालय उद्घाटनका लागि सिन्धुलीगढी परिसरलाइ बेहुली झै सिंगारिएको छ ।

नेपाली सेनाले कमलामाइ नगरपालिका सगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा उक्त संग्रहालयको निर्माण कार्य भइ करीब डेढ वर्षपछि आज उद्घाटन हुन लागेको हो ।

सिन्धुलीगढि युद्ध संग्रहालय वृहत्तर सिन्धुलीगढि गुरु योजनको महत्वपूर्ण अंश हो । यस क्षेत्रको ऐतिहासिक महत्वलाई कायम राख्दै व्यवस्थित र वृहत्तर विकस गर्दै सेनाले पुरातत्त्व विभाग, पर्यटन वोर्ड र सिन्धुलीको कमलामाई नगरपालिकालाई गुरु योजना निर्माण गरि हस्तान्तरण समेत गरेको छ ।
६ कोठा र ६ हजार २८१ स्क्वायर फुटको संग्राहलयमा वीर गोर्खा र अंग्रेज फौजबीच सिन्धुलीगढीमा भएको युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरु, गढीको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, दस्तावेज, युद्धकालीन समयमा घरेलु सेना र विपक्षी सेनाको पोशाक प्रर्दशन लगायत संग्रहित गरी राखिएको छ ।

x