
धादिङ असार ३० । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले सूचना जारी गर्दै शिक्षकहरुलाई अनिवार्य रुपमा विद्यलयमा हाँजिर हुन निर्देशन गरेको छ ।
सूचनामा भनिएको छ, विगत ३ महिना देखि पठनपाठनमा प्रभाव परेको र साउन १ गते देखि अनिर्वाय रुपमा शिक्षक तथा कर्मचारीहरुलाई विद्यालयमा गराई विद्यालय व्यवस्थापन समिति र शिक्षक स्टाफहरुको बैठकराखी विद्यालय संचालन र सिकाई सहजिकरण गर्न अनुरोध छ ।
धादिङपोष्ट सँग कुरा गर्दै त्रिपुरासुन्दरीका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र इटनी भन्नु हुन्छ,- शिक्षकहरु विद्यालय आउन छाडेका छन् भन्ने गुनासो छ । शिक्षक पढाउन मात्रै विद्यालय आउने हैनशिक्षण विधिलाई सहजिकरणका लागि शिक्षक दैनिक विद्यालय आउनै पर्छ । विद्यालय संचालनको विषयमा चाहि विव्यस र शिक्षक स्टाफको मिटिङले निर्णय गर्छ । विद्यार्थीहरुलाई आलो पालो भौतिक दुरी कायम गरी पठन पाठन गर्न सकिने अवस्था छ भने अवस्था हेरी विव्यस र शिक्षक स्टाफको मिटिङले नै निर्णय गर्न सक्ने छ ।



