धादिङमा आज ४१ जना कोरोना पोजेटिभ, १ जनाको मृत्यु

Avatar photo
Dhadingpost
असार २१, २०७८

धादिङ असार २१ । पछिल्लो २४ घण्टामा धादिङमा ४१ जना कोरोना संक्रमित थपिए भने १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज धादिङमा थपिएका कोरोना संक्रमितमा नीलकण्ठमा १, गल्छीमा ३, धुनीबेसीमा १०, सिद्धलेकमा ८, बेनिघाट रोराङमा १, त्रिपुरासुन्दरीमा १, गंगाजमुनामा १०, ज्वालामुखीमा २ र थाक्रेमा ५ गरी ४१ छन् । आजै गल्छीमा २७ वर्षिय एक पुरुषको मृत्यु भएको छ यो सँगै धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

जिल्ला भित्र ५१५ र जिल्ला बाहिर ४४ गरेर धादिङको सक्रिय केस ५४३ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १०, संस्थागत आईशोलेसनमा १७ र होम आईशोलेसनमा ४८८ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा ६ र होम आईशोलेसनमा २२ रहेका छन् ।

गजुरीमा आज ४ स्वाब संकलन भएको छ । ८७ एनटीजेन परिक्षण मध्ये ४१ पोजिटिभ आएको छ ।