
धादिङ असार १८ । पछिल्लो २४ घण्टाको अवधिमा धादिङमा४२ जना कोरोना संक्रमित थपिएका छन् भने ३३ जना कोरोना संक्रमण मुक्त हुँदै डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितहरुमा नीलकण्ठमा १८, गंगाजमुनामा ४, धुनीबेसीमा १२, गजुरीमा १, थाक्रेमा १, रुबीभ्यालीमा ३, गल्छीमा ३ गरी ४२ रहेका छन् ।
जिल्ला भित्र ५२९ र जिल्ला बाहिर ४४ गरेर हाल धादिङमा केश ५७३ जना कोरोना संक्रमित छन् ।
जिल्ला भित्र हस्पिटल आईशोलेशनमा १६, संस्थागत आईशोलेशनमा २२ र होम आईशोलेशनमा ४९१ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेशनमा ७ र होम आईशोलेशनमा ३७ रहेका छन् ।
जिल्ला अस्पतालमा १५ र सिद्धलेकमा १० गरेर आज जिल्लामा २५ स्वाब संकलन भएको छ । ४३ एनटीजेन परिक्षण मध्ये २४ पोजिटिभ आएको छ ।

