
धादिङ असार १३ । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा ३२ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छनु भने यहि अवधिमा २८ जना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जनाकारी अनुसार हाल सम्म धादिङमा कोरोना मुक्त हुनेको संख्या ५ हजार २९६ पुगेको छ भने हाल संक्रमितहरुको ७११ जना छ ।
यस्तै धादिङमा अहिले सम्मको कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।

