
धादिङ असार ७ । पत्रकार महासंघ धादिङले नेत्रावती डवजोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण पौडेलले धादिङका पत्रकारलाई झोले पत्रकारहरु भनेको भन्दै प्रेस विज्ञप्ती जारी गरेको विषय धादिङमा यतिबेला चर्चामा छ ।
असार ४ गते महासंघले विज्ञप्ती निकाल्दै नेत्रावती डवजोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेललाई कानुनी कार्वाही गरिनु पर्ने जनाए सँगै, विज्ञप्तीबारे सामाजिक संजालमा टिप्पणीहरु आउन थालेका हुन् ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तीलाई कार्य समितिमा आवद्ध रहेको सदस्यहरुले समेत समाचार बनाएको देखिएन भने सामाजिक संजालमा पछिल्लो समय महासंघको विज्ञप्तीको बारेमा मात्रै नभएर धादिङका पत्रकारहरुलाई समेत प्रयोग गरिएको तुच्छ शब्दहरुमा महासंघले स्पष्टिकरण दिएको देखिँदैन ।
महासंघले जारी गरेको विज्ञप्तीका विषयमा आफ्नो फेसबुकमा दशरथ भण्डारी लेख्छन्- यो झोले भनेको पत्रकारलाई होईन र पत्रकार महाँसंघको विज्ञप्ती चाही गलत निकालीएको देखिन्छ । एक जना गैर सरकारी महासंघमा काम गर्ने कर्मचारी नेत्रावती डवजोङ गाँउपालिकामा एउटा पत्रिकामा ब्याक डेटमा कार्यक्रमको सुचना निकाली सम्झौता गरिदिनु पर्यो अनि पत्रिकामा विज्ञापन छापे वापतको रकम धेरै चाहीयो अरु पनी पैसा के-के मागेर हैरान बनाएको रहेछ, बैंक ग्यारेन्टी नभएकोले प्रमुख प्रशासकीय अधिकृतले कानुन विपरित काम गर्दिन भनेपछी प्रमुख प्रशासकीय अधिकृतलाई उनिहरुले सरुवा गर्ने धम्कि दिएको बुझिन्छ ।
नेत्रावती डवजोङका प्रशसकिय अधिकृतले बताउनु भए अनुसार “झोलामा बोकेर हिड्ने पत्रिकाहरु मैले पनी धेरै चिनेको छु, कानुन विपरित चाही म काम गर्दिन राष्ट्रिय दैनिकि पत्रिकामा सुचना निकाल्नु पर्छ भनेको हो” । जम्मा तिन करोडको कार्यक्रममा ७५% गाउपालिका र २५% दुई करोड हेफर ईन्टर नेशनल नामक भन्ने संस्थाको भन्ने बुझिएको छ । कार्यक्रम आईसिडिसि मार्फत त्यहाँ पुगेको हो । चैत्र १९ गतेको घटनालाई लिएर अहिले आएर महाँसंघले विज्ञप्ती निकाल्नुले शंकाको सुइ धादिङ पत्रकार महाँसंघको अध्यक्ष तर्फ सोझिएको छ ।

उनले आफ्नो फेसबुकमा स्टाटसमा थप लेख्छन्,- आफू आबद्ध दलले भैंसी किन्दा भैसीमा आएको जुम्रालाई पनि महान उपलब्धी भनेर ब्याख्या गर्छ उहाँहरुको कलमले, पार्टीको लागि कलम चलाउनेको बिगबिगि छ याहाँ । संचार क्षेत्रमालाई राज्यको चौथो अङ्ग भनिए ता पनी गराइमा नेताको गुप्ताङ्ग जस्ता हुनुहुन्छ धादिङ्गका पत्रकारहरु बन्धुहरु । झोले भन्यो भनेर रोइलो गर्नु अगाडि किन झोले भने त भने त त्यो मनन गर्नुस समेत लेखेका छन् ।
उनले महासंघलाई प्रश्न गर्दै कुनैपनी दलमा आवद्ध नभएका कतिजना पत्रकार हुनुहुन्छ धादिङ्गमा रु छ कोइ रुरु सोधेका छन् ।
यो स्टटसमा पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा कान्तिपुर दैनिकका धादिङ संवाददाता हरिहर सिंह राठौरले समेत कमेट गर्दै घुमाउरो तरिकारले महासंघको विज्ञप्ती जायज नभएको बताएका छन् । उनी लेख्छन्- किन भने, कुन प्रशंगमा भने ? भन्ने कुरा हो, नितान्त व्यक्तिगत कुरामा गालीगलौजमा पुरै संगठन जोडिन आवस्यक छैन । पत्रकार पनि पारदर्शी र गतिलो हुनु पर्छ, पुरै संगठन लाग्छ भन्दैमा मनपरि गर्न हुन्न । घटनाको स्थिती हेरेर वोल्नु पर्छ । व्यक्तिगत फाईदाका लागी, रिसईवी फेर्नलाई पत्रकारिता पेशा र सिंगठनको दूरपयोग गर्न हुन्न। त्यहि भएर पत्रकार महासंघ शुद्धिकरणको कुरा आएको हो, देशभरमा गोरखा र दोलखा वाहेक सवैले झोलेमात्रै राखे । सुद्धिकरण भएन ।
हामीले महांघका अध्यक्ष राजाराम शर्मालाई विज्ञप्तीको बारेमा कार्य समितिमा रहेका सदस्यहरुले समेत समाचार लेखेनन् नि भन्दा त्यो उहाँहरुको प्रेस स्वतन्त्रताको कुरा हो विज्ञप्ती सल्लाह गरेरै निकालेको हुँ भन्नु भएपनि समाजिक संजालमा आएको टिकाटिप्पणीको सवालमा महासंघले केहि बोलेको छेन ।
