धादिङका शैक्षिक धरोहर कृष्ण प्रसाद दाहालको कोरोना संक्रमण पछि निधन

Avatar photo
Dhadingpost
जेष्ठ ११, २०७८

धादिङ जेष्ठ ११ । कोभिड १९ को संक्रमण पछि त्रिशुली अस्पतलामा उपचारत धादिङका शैक्षिक धरोहरका रुपमा परिचित कृष्ण प्रसाद दाहालको निधन भएको छ ।

धादिङ जिल्लाको विशिष्ट श्रेणीको पहिलो शिक्षक, एन प्याब्सनका केन्द्रीय सदस्य, धादिङका एन प्याब्सनका संस्थापक अध्यक्ष एवम् धादिङ बोर्डिङका संस्थापक कृष्ण प्रसाद दाहालको उपचारको क्रममा मंगलबार बिहान त्रिशुली अस्पतालमा निधन भएको हो ।