
धादिङ जेष्ठ ७ । जिल्ला प्रशासन कार्यालय धादिङले हाल ६० वटा अक्सिजन सिलिण्डर भरी अवस्थामा रहेको छ जनाएको छ । धादिङमा अक्सिजन अभाव छैन ६० सिलिण्डर भरेर राखिएको र ४० सिलिण्डर भर्न पठाइएको जनाएको हो ।
यस्तै धादिङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थहरुमा रहेका १४ ओटा कन्सन्ट्रेटर पनि चालु अवस्थामा रहेको जनाएको छ ।
पालिकाहरुले दिएको जानकारी अनुसारको विवरण
- जिल्ला अस्पताल, धादिङ आईशोलोशन ५० बेड, अक्सिजन सिलिण्डर १५४ वटा
- नीलकण्ठ नपा, आईशोलोशन ३० बेड, अक्सिजन सिलिण्डर ६ वटा
- धुनीबेसी नपा, आईशोलोशन २० बेड, अक्सिजन सिलिण्डर ३० वटा
- थाक्रे गापा, आईशोलोशन १० बेड, अक्सिजन सिलिण्डर १५ वटा
- गल्छी गापा, आईशोलोशन ५० बेड, अक्सिजन सिलिण्डर २० वटा
- गजुरी गापा, आईशोलोशन ३० बेड, अक्सिजन सिलिण्डर २५ वटा
- बेनीघाट रोराङ गापाा, आईशोलोशन ३४ बेड, अक्सिजन सिलिण्डर २८ वटा
- सिद्धलेक गापाा, आईशोलोशन १५ बेड, अक्सिजन सिलिण्डर ५ वटा
- ज्वालामुखी गापा आईशोलोशन ५ बेड, अक्सिजन सिलिण्डर ५ वटा
- नेत्रावती डवजोङ गापा, आईशोलोशन ५ बेड, अक्सिजन सिलिण्डर ५ वटा
- त्रिपुरासुन्दरी गापा, आईशोलोशन १५ बेड, अक्सिजन सिलिण्डर १२ वटा
- गंगाजमुना गापा, आईशोलोशन ५ बेड, अक्सिजन सिलिण्डर १३ वटा
- खनियावास गापा, आईशोलोशन १२ बेड, अक्सिजन सिलिण्डर १६ वटा
- रुबीभ्याली गापा, आईशोलोशन ११ बेड, अक्सिजन सिलिण्डर १७ वटा

