गजुरी महोत्सवमा भोली बद्री पंगेनी, बिन्दा परियार, ढाकाराम पाैडेल, दिक्षा सुनार लगायतका कलाकार आउने

Avatar photo
Dhadingpost
चैत्र २४, २०७७

धादिङ चैत्र २४ । धादिङको गजुरी बजारमा सोमबार देखि सुरुभएको प्रथम गजुरी महोत्सवमा भोली लोक प्रिय कलाकारहरु बद्री पंगेनी, बिन्दा परियार, ढाकाराम पाैडेल, दिक्षा सुनार लगायतका आउने आयोजकले जनाएको छ ।

समृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो चाहाना भन्ने मुल नाराको साथमा साना तथा मझौला व्यवसायी महासंघ धादिङले आयोजना गरेको उक्त महोत्सवमा घरेलु तथा मझौला उद्योगबाट उत्पादित वस्तुहरुको प्रदर्शनी स्टलहरु विभिन्न खेल तथा मनोरञ्जका साधनहरु, कृषि प्रदर्शनी स्टल व्यवसायीक स्टलहरु राखिएको छ ।
महोत्सव आयोजक समितिका संयोजक सुमित श्रेष्ठका अनुसार २१ हजार प्रथम पुरस्कार राशी रहेको नृत्य प्रतियोगिता पनि महोत्सवमा राखिएको छ । यस प्रतियोगितामा द्धितियले १५ हजार, तृतियले ११ हजार र सान्तोनाले ५ हजार पाउने बताईएको छ ।