
धादिङ चैत्र ८ । साँधखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सिद्धलेक गाउँपालिका वडा नं ४ आदामारा मार्फत प्रयास नेपालले आदामाराबासीको घर-घरमा खानेपानी धारा पुर्याई दिएको छ ।
पुर्णिामा कार्यक्रम अन्तरगत अक्सफामको सहयोग प्रयास नेपाल धादिङले संचालन गरेको यो योजनाबाट ४२ वटा घर-घरमा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध भएको छ ।
प्रयास नेपाल धादिङको १३ लाख ८१ हजार १ सय ४२ रुपैया र स्थानीय उपभोक्ताबाट जनश्रमदान ५ लाख ७ हजार २ सय ५० रुपैया समेत गरि १८ लाख ८८ हजार ४ सय २ रुपैयाँ खर्चमा योजना सम्पन्न गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो ।
