
धादिङ २१ फागुन । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ४ ढुंगेनी बस्ने सान्नानी सार्कीको हत्याकाे आराेपित ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ बस्ने २५ बर्षिय अनिल थिङ भन्ने जय बहादुर सिंगार, खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका वडा नम्बर ९ जन्म भई सप्तरी जिल्ल अग्नीसाईर कृष्णसवरन गाउँपालिका वडा नम्बर ६ बस्ने बर्ष ३२ का साजन विक, ओखलढुंगा जिल्ला चिशखुसीगढी गाउँपालिका वडा नम्बर ३ जन्म भई मोरङ जिल्ला बिराटनगर महानगर पालिका वडा नम्बर ३ घई भई काठमाडाै थानकोट बस्ने बर्ष २४ का अबिसराज कार्की, काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका १३ माईती घर भई नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर ५ घर भई काठमाण्डौँ बाफल बस्ने बर्ष ३३ की पुष्पा कुमारी पौडेल र काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर २ घर भई काठमाण्डौँ कालीमाटी बस्ने बर्ष ४२ का सुनव्यावसायी धन बहादुर कालीराज रहेकाे प्रहरीले जनाएको हाे । घाटीमा लगाएको गरगहना लुट्नकै लागि उनीहरुले सान्नानी सार्कीको हत्या गरेकाे प्रहरी अनुसन्धानबाट खुलेको छ । गत पुस २४ गते राती २ बजे घरमा सुतिरहेको समयमा सान्नानी सार्कीको हत्या भएको थियो ।
