धादिङ फागुन ४ । धादिङको खनीयाबास गाउँपालिका ५ स्थित बच्छला मावि सत्यदेवीमा आज ७८ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी दार्खा उपशाखाले आयोजना गरेको कार्यक्रममा २३ जना महिला र ५५ जना पुरुष गरि ७८ जनाले रक्तदान गरेका हुन् ।