धादिङमा आज ८५ जनाले कोरोना विरुद्धको ‘कोभिशिल्ड’ लगाए

Avatar photo
Dhadingpost
फाल्गुन २, २०७७

धादिङ फागुन २ । धादिङमा आजबाट दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउन सुरुभए सँगै ८५ जनाले लगाएका छन् ।

दोस्रो प्राथमिकतामा परेका सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, जिल्लास्थित पत्रकार, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सीमा सुरक्षा चौकीमा खटिएका सुरक्षाकर्मीलाई आजबाट खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

जस अन्तरगत आज पहिलो चरणमा छुट भएका २ जना, जनप्रतिनिधि तथा स्थानिय तहका कर्मचारीहरु ११, निजामती कर्मचारी ८ जना, जनपथ प्रहरी ५६ जना र ८ जना पत्रकारले खोप लगाएका हुन् ।

जिल्लामा पहिलो चरण अन्तरगत १ हजार ३४० डोज ‘कोभिशिल्ड’ भ्याक्सिन प्राप्त भएकोमा १ हजार ३२४ जनालाई लगाइएको थियो ।