धादिङका शरण सामरी क्षेत्री उत्कृष्ट सर्भर घोषित

Avatar photo
Dhadingpost
फाल्गुन २, २०७७

धादिङ फागुन २ । धादिङको ज्वालामुखी गाउँपालिका मैदीका शरण सामरी क्षेत्री टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको भलिबल प्रतियोगितामा उत्कृष्ट सर्भर घोषित भएका छन् ।

नेपाल आर्मीले प्रतियोगिताको उपाधी चुम्न नसकेपनि यहि टिमबाट खेलेका राष्ट्रिय भलिबल खेलाडी शरण प्रथम टाइगर कप प्रतियोगितामा उत्कृष्ट सर्भर घोषित भएका हुन् ।

यस्तै प्रतियोगिताको विजयी टिम गण्डकी प्रदेशका ओपन स्पाइकर घनश्याम चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिए भने उत्कृष्ट ब्लकर त्रिभुवन आर्मीका हरि अधिकारी, उत्कृष्ट स्पाइकर आर्मीका दानबहादुर भट्ट क्षेत्री, उत्कृष्ट सेटर गण्डकी प्रदेशका सूजन चोखाल, उत्कृष्ट डिफेन्डर गण्डकीका राजन दर्लामी मगर चुनिएका थिए ।