
काठमाडौं माघ २९ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको छ ।
निगमले पेट्रोल, डिजेल, मटीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरेको छ ।
बिहीबारदेखि लागू भएको सो नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ११२ रुपैयाँ तथा डिजेल र मटीतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।
बुधबारको निर्णय अनुसार आयल निगमले ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ, ग्यासमा हाल कायम १ हजार ३ सय ७५ रुपैयाँलाई बढाएर १४ सय रुपैयाँ बनाएको हो । निगमका अनुसार हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।
